थप १९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६०३ पुग्यो

  • प्रकाशित मिति : २०७७ जेष्ठ ११, आईतवार
  • नेपाल टेल संवाददाता

थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

मोरङ, बारा, पर्सा, रौतहट, सर्लाही, रुपन्देही, काठमाडौ, कपिलबस्तु, गुल्मी र नुवाकोटका गरी १९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।



यससँगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।