भारतमा कोरोना परीक्षणको दायरा बढाएसँगै संक्रमितको संख्या पनि बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा भारतमा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन्।
पछिल्लो २४ घण्टामा भारतमा ७ हजार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् भने १ सय ५६ जना संक्रमितको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमितको संख्या १ लाख ३८ हजार ५ सय ३६ पुगेको छ भने ४ हजार २४ जनाको मृत्यु भएको छ। भारतमा एकै दिन यतिधेरै संक्रमित भेटिएको यो पहिलो पटक हो।
भारतमा अहिलेसम्म ५७ हजार ६ सय ९२ जना उपचारपछि निको भएका छन् भने ७६ हजार ८२० जना एक्टिभ र ८ हजार ९ सय ४४ जना गम्भिर संक्रमितको उपचार भइरहेको छ।