‘नोटबाट राजाको तस्वीर हटाएर इतिहास मेटाउन खोजियो’

  • प्रकाशित मिति : २०७७ जेष्ठ १२, सोमबार
  • nepaltale.com

राष्ट्रिय प्रजातन्त्र पार्टीी (राप्रपा) का अध्यक्ष कमल थापाले पूर्व राजाको तस्वीर भएको चित्र हटाउने निर्णयको विरोध गर्नुभएकाे छ । नेपाल राष्ट्र बैंकले सफा नोट नीति कार्यान्वयनमा ल्याएपछि पूर्वराजाको तस्वीर भएको नोट हटाउने निर्णय गरेको थियो ।

अध्यक्ष थापाले राजाको तस्बीर अंकित नोट निषेध गर्ने निर्णय पूर्वाग्रही भएको बताउनुभयाे । ‘राजाहरुको तस्वीरअंकित नोट निषेधगर्ने निर्णय इतिहास मेटाउने पुर्वाग्रही काम हो । राष्ट्रिय अखण्डताको रक्षागर्न देश एकढिक्का हुनुपर्ने बेला यो निर्णयले राष्ट्रिय एकतालाई कमजोर पार्छ । राष्ट्रवादी शक्तीलाई विभाजित गर्छ । यो आपत्तिजनक निर्णय फिर्ता गर्न प्रधानमन्त्री केपी शर्माको ध्यानाकर्षण गर्दछु’, उहाँले भन्नुभएकाे छ ।

राष्ट्र बैंकले आइतबार परिपत्र जारी गर्दै बैंकहरुले झुत्रिएको, मक्किएको, जलेको, लुलो भएको, किराले खाएको, पानीले भिजेको, छपाई बिग्रेको, नोटमा रहेका अक्षर र चित्र नबुझिने, रंग लागेकोलाई अयोग्य हुने जनाएको छ ।