प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाइएको छ।
मन्त्रिपरिषद् बैठकपछि साँझ साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्रका नाममा संबोधन गर्ने तयारी छ।