कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि सरकारले जारी गरेका लकडाउनको ६३ दिन पुगेको छ ।
गत चैत ११ गतेबाट जारी भएको लकडाउन जेठ २० गतेसम्म लम्ब्याइएको छ।
नेपालमा दिनप्रतिदिन संक्रमितको संख्या बढ्दै गएपछि लक डाउन थप कडाई गर्न थालिएको छ। उपत्यकाका मुख्य सडकहरु भित्रि सडकहरुमा अत्यावश्यक र पासबाहक सवारी मात्रै सञ्चालनमा रहेका छन्।
प्रहरीले ठाउँठाउँमा चेकजाँचमा कडाई गरेको छ । उपत्यकाको भित्रि गल्लिमा विहान र बेलुकीको समयमा केही खाद्यान्न र तरकारी पसलहरु खुला रहेपनि दिउँसोको समयमा भने सुनसान छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिले (दिउँसो पौने १२ बजे) सम्म ६ सय ७५ जनामा कोरोना संक्रमण देखिएको छ।
सोमबार मात्रै ७२ जना नयाँ संक्रमित भेटिएका छन्। आज काठमाडौं उपत्यकामा मात्रै तीन जनामा संक्रमण देखिएको छ । रौतहटमा २६ र बारामा २३ जनामा आज संक्रमण दखिएको छ ।