सरकारसँग पीसीआर विधिबाट कोरोना परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने जम्मा १२ हजार भीटीएम मौज्दात

  • प्रकाशित मिति : २०७७ जेष्ठ १२, सोमबार
  • nepaltale.com

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने भाडा भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम) निकै कम मात्र मौज्दात रहेको पाइएको छ ।

पछिल्लो समय भारतबाट फर्किएर आउनेहरुको संख्या बढेसँगै स्थानीय तहको क्वारेन्टाइनमा चाप बढेको छ । तर उनीहरुमा कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलनका लागि चाहिने भीटीएम नपाएको गुनासो स्थानीय सरकारहरुले गरेका छन् ।