गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । मन्त्रालयले सोमबार बाँके, सप्तरी, पर्वत र जुम्लाका सिडिओको सरुवा गरेको हो ।
स्याङ्जाका सिडिओ राम बहादुर कुरुम्वाङको बाँकेमा बाँकेका सिडिओ कुमार बहादुर खड्का मन्त्रालयमा, सप्तरीमा गृह मन्त्रालयका सहसचिव शंकरहरी आचार्य र सप्तरीका सिडिओकाे अध्यागमन अन्तर्गतको कार्यालयमा सरुवा भएकाे छ ।
पर्वतमा शम्भुप्रसाद रेग्मी, पर्वतकी सिडिओ कल्पना घिमिरे नेपाललाई चितवनको सहायक सिडिओमा र जुम्लामा मन्त्रालयका उपसचिव भूपेन्द्र थापालाई सिडिओको जिम्मेवारी दिई पठाइएको बताइएकाे छ । त्यस्तै जुम्लाकी सिडिओ दुर्गा बन्जाडेलाई पाल्पाको सहायक सिडिओमा सरुवा गरेको बताइएकाे छ । केही दिन अघि ५ जिल्लाका सिडिओको सरुवा गरिएको थियो ।