रोकिएन टिपर आतंक – भक्तपुरमा टिपरको ठक्करले सईको मृत्यु

  • प्रकाशित मिति : २०७७ जेष्ठ १३, मंगलवार
  • नेपाल टेल संवाददाता

भक्तपुरमा टिपरको ठक्करबाट प्रहरी नायब निरीक्षक(सई) को मृत्यु भएको छ। सोमबार राति साढे ९ बजेतिर नयाँठिमीको बालकुमारी चोकमा ड्युटी रहेका सई निमबहादुर घर्तीलाई टिपरले ठक्कर दिएको प्रहरीले जनाएको छ।

नयाँ ठिमी चोकमा काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ४७०१ नम्बरको टिपर र पछिसँगै आउँदै गरेको बा ४ ख ४३१८ नम्बरको टिपरले एकैसाथ नयाँठिमी बालकुमारी चोकको बीचको रेलिङलाई हान्दै अनियन्त्रित भई जाँदा नयाँठिमी चोकमा सिआरभी ड्युटीमा खटिका खटिएका घर्तीलाई ठक्कर दिएको थियो।



घर्तीको टाउकोमा गम्भीर चोट लागेको थियो। पछि उनलाई थप उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो। उपचारको क्रममा बिहान सवा पाँच बजे उनको मृत्यु भएको भक्तपुर प्रहरीले जानकारी दिएको छ।