उपत्यका सहित देशका विभिन्न स्थानमा बर्षा, भक्तपुरमा असिना पानी

  • प्रकाशित मिति : २०७७ जेष्ठ १३, मंगलवार
  • नेपाल टेल संवाददाता

उपत्यका हावाहुरीसहित वर्षा सुरु भएको छ। उपत्यकाका विभिन्न ठाउँमा हावाहुरीसहित असिना पानी परिरहेको छ। केहीबेर अघिसम्म घाम लागे पनि एकाएक मेघगर्जनसहित पानी पर्न सुरु गरेको हो।

जल तथा मौसम विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।



मध्य र पूर्वका केही स्थान र पश्चिमीका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग तथा असिना र हावाहुरीसहित वर्षाको संभावना रहेको मौसमविदले बताएका छन्।