शंखरापुर नगरपालिकामा १४ जनाकाे आरटिडि परिक्षणमा पाेजेटिभ देखिएकाहरूकाे पिसिआर रिपाेट नगेटिभ आएकाे छ ।
यस्तै नगरपालिकाले थप १६५ जनाकाे पिसिआर रिपाेट पनि नगेटिभ आएकाे जनाएकाे छ ।
नगरपालिकाले पहिलाे परिक्षणमा १४ जनाकाे आरटिडि रिपाेट पाेजेटिभ आए पछि थप १६५ जनाकाे परिक्षण गरेकाे थियाे ।
१४ जनाकाे आरटिडि रिपाेट पाेजेटिभ आए पछि नगरपालिकाले सिमा क्षेत्र सिल गरेकाेमा सबैकाे रिपाेट नेगेटिभ आएपछि सिमा सिल स्थगन गरेकाे नगरपालिकाद्वारा जारी विज्ञप्तीमा जनाइएकाे छ ।
आरटिडि परिक्षणमा पाेजेटिभ देखिएकाहरूलाइ क्वारेन्टिनमा राखिएकाे र उनिहरूकाे पिसिआर रिपाेट नेगेटिभ आएपछि उनिहरूलाइ अब आ आफ्नै घरमा सुरक्षित बस्न नगरपालिकाले अनुराेध गरेकाे छ ।