नेपालमा थप ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएका परीक्षणमा थप ९० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।
योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ७७२ पुगेको छ। संक्रमितमध्ये १५५ जना निको भएर घर फर्किएका छन् भने चार जनाको मृत्यु भएको छ।