पनौती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी आएको छ । त्यस्ले सयौ रोपनीमा लगाएको खेती र जमीन ध्वस्त पारेको पुर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
हेर्नुस् भिडियो
उनले ट्वीट गर्दै लेखेका छन्, “पनाैती र बनेपामा ८० वर्ष यताकै भिषण वर्षा र बाढी सयौ रोपनीमा लगाईएको खेती र जमीन ध्वस्त,तीनपुल बगायो,करोडौंको भौतिक क्षति , तीनजना नागरिक रााशीको बाढीमा फसेका छन।उद्दार कार्य जारी ,राती भएकाले हेलिकप्टर जान सकेन।बाढीमा फसेकाको जीवन रक्षामा स्थानीय प्रशासनसगै काम गरौ।”
नेपालमा अहिले प्रि मनसुन चलिरहेको छ । मौसम बिभागले पटक पटक बुलेटिन निकाल्दै सचेत रहन आग्रह गरिरहेको छ ।
अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । आगामी तीन दिन अपराह्न तथा साँझपख मौसम बदली भई वर्षा हुने बताइएको छ । आकाशको बादल र वर्षालाई हेर्दा मनसुन सक्रिय भएको जस्तो लागे पनि यो मनसुन नभई प्रिमनसुनी गतिविधि रहेको मौसमविद्को भनाइ छ ।
सामान्यतया नेपालमा जुन १० देखि मनसुन शुरु हुने गर्छ । मनसुन भित्रन्न अझै १३ दिन बाँकी रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।