नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बुधवार राती संविधान संशोधन प्रस्ताब प्रती आफ्नो धारणा ब्यक्त गरेका छ्न । राती करिव ११ बजे ट्विट गर्दै उनले प्रस्ताव सकारात्मक भएको बताएका हुन ।
नेपाली काङ्ग्रेसले केही दिन समय मागेको भनेर समाचार आएपछी काङ्ग्रेसको आलोचना सुरु भएको थियो भने देउवा माथी आधिकारिक धारणा राख्नु पर्ने दबाब बढेको थियो ।
उनको ट्विट यस्तो छ
नेपाली कांग्रेसको धारणाबारे कुनैपनि भ्रमपुर्ण समाचारको अलमलमा नपर्न गर्दछु l
हामी प्रष्ट छौं लिम्पियाधुरा,कालापानी र लिपुलेक नेपालको भुभाग हुन् l अत संसदमा दर्ता भएको संविधान संशोधन प्रस्ताव सकारात्मक छ l यसबारे संस्थागत निर्णय केन्द्रीय समितिको बैठकबाट गर्नेछौं,जय नेपाल !