नेपालमा थप ३ जनामा कोरोना संक्रमण (कोभिड-१९) पुष्टि भएको छ। गण्डकी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
कोरोना पुष्टि हुनेमा स्याङ्जा जिल्ला वालिङ निवासी २६ र २२ वर्षीय पुरुष र ३१ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको सामाजिक विकाश मन्त्रालय स्वास्थ्य, निर्देशनायलले जनाएको छ। पद्यपी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ।
उनीहरु पालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए। उनीहरु सबैलाई सदरमुकाम स्थित सरकारी अस्पताल लैजाने तयारी रहेको विज्ञप्तिमा उल्लेख छ।
यो सँगै गण्डकी प्रदेशका कोरोना संक्रमितको संख्या १५ पुगेको छ।