दशगजामा बाँधजस्तै भारतीय सडक, नेपाली भूभाग डुवानमा पर्ने खतरा

  • प्रकाशित मिति : २०७७ जेष्ठ १५, बिहीबार
  • nepaltale.com

भारतले सीमा क्षेत्रमा बाँध जस्तै ६ फुट उचाइको सडक निर्माण गरेपछि नेपाली भूभाग डुवानमा पर्ने खतरा बढेको छ ।

अन्तर्राष्ट्रिय मान्यतालाई लत्याउँदै भारतले दशगजा क्षेत्रमा सडक निर्माण गरिरहेको हो ।

प्रदेश ५ का ५ वटै जिल्लाका सीमामा यो सडक बनिरहेको छ । नवलपरासी र रुपन्देहीमा सीमाको २०–३० मिटर सडक बनेको हो ।

रुपन्देहीको रोहिणी गाउँपालिका–५ र ६ सँग सीमा जोडिएको दशगजा क्षेत्रमा अहिले भारतले सडक निर्माण गरिरहेको छ ।

चार लेनको पूर्वपश्चिम सडकले नेपाली भूभाग डुवानमा पर्ने भएको हो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा लक्ष्मण पोखरेलले लेखेका छन् ।