कपिलवस्तुका १५ जना कोरोना भाइरस संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ कार्यालय कपिलवस्तुकाअनुसार शुक्रबार चारजना कोरोना संक्रमित डिस्चार्ज भएका हुन् ।
डिस्चार्ज हुनेहरुमा कृष्णनगर नगरपालिकाका तीन र शिवराज नगरपालिकाका एकजना रहेका छन् । उनीहरुको कोरोना विशेष अस्पताल दाङमा उपचार भएको थियो । यससँगै कपिलवस्तुमा निको हुनेको संख्या १५ पुगेको छ ।