पाकिस्तानमा दुर्घटनाग्रस्त भएको विमानमा भेटिएको ब्याग पाइयो ३ करोड, उठ्यो प्रश्न

  • प्रकाशित मिति : २०७७ जेष्ठ १६, शुक्रबार
  • nepaltale.com

पाकिस्तानमा २२ मेमा दुर्घटनाग्रस्त भएको विमानको भग्नावशेषमा अलग–अलग देशको लगभग ३ करोड रुपैयाँ भेटिएको छ । अनुसन्धान अधिकारी अब यति ठूलो रकम एयरपोर्टको सुरक्षा जाँच र लगेज स्क्यानरमा किन भेटिँदैन भनेर अनुसन्धानमा लागेका छन् । उक्त रकम दुईवटा ब्यागमा भेटिएको छ । अनुसनधानमा जुटेका अधिकारीका अनुसार दुर्घटनामा मारिएका व्यक्ति र उनीहरुको लगृेज पहिचानको काम चलिरहेको छ ।

दुर्घटनामा मारिएक ९ बालबालिकासहित ९७ को मृत्यु

२२ मे मा लाहौरबाट कराँची जाँदै गरेको विमान अवतरण हुनु केही मिनेट अघि मात्रै दुर्घटनाग्रीत भएको थियो । विमानका चालक दलका सदस्यसमेत ९९ व्यक्ति सवार थिए, जसमध्ये जम्मा २ जनाको ज्यानमात्र बाँच्न सफल भएको थियो । मारिएका ९७ व्यक्तिमध्ये ९ बालबालिका थिए । दुर्घटना कराँची अन्तर्राष्ट्रिय एयरपोर्ट नजिकै आवसीय इलाकामा भएका थिए ।