झापामा थप २७ जनामा कोरोना संक्रमण

  • प्रकाशित मिति : २०७७ जेष्ठ १६, शुक्रबार
  • nepaltale.com

झापा। झापामा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।झापाका सहायक प्रमुख जिल्ला अधिकारी राजकुमारका अनुसार शुक्रबार थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोशी कोभिड अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप २७ जनामा कोरोना संक्रमित पुष्टि भएको हो ।

योसँगै कचनकवलमा संक्रमितको संख्या १ सय पुगेको छ । हालसम्म झापा जिल्लामा संक्रमितको संख्या १ सय ७ पुगेको छ ।