सगरमाथाको उचाइ चीन एक्लैले नाप्न लागेको हो? चिनियाँ राजदूत यसो भन्छिन्

  • प्रकाशित मिति : २०७७ जेष्ठ १६, शुक्रबार
  • nepaltale.com

विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ चीनले अहिले फेरि नाप्न सुरु गरेको छ।

चिनियाँ टोली सगरमाथाको टुप्पोमा पुगेको खबर चिनियाँ सञ्चार माध्यममा सार्वजनिक भएको छ।

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सगरमाथाको उचाइ सार्वजनिक गर्न २ देखि ३ महिनाको समय लाग्ने छ। एकतर्फी रुपमा चीनलेमात्र सगरमाथाको उचलाई नापिरहेको आरोपकाबीच नेपालस्थित चिनियाँ दूतावास खण्डन गरेको छ।

नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले ट्वीट गर्दै नेपाल र चीनको साझा टोलीले सगरमाथाको उचाइ नापेको बताएकी छिन्।

उचाई नापिसकेपछि नेपाल र चीनले संयुक्त रुपमा सार्वजनिक गर्ने उनले बताएकी छन्।