आज जेठ १७ गते शनिबार, निकै राम्रो छ यी राशिको भाग्य

  • प्रकाशित मिति : २०७७ जेष्ठ १७, शनिबार
  • nepaltale.com

मिति २०७७ साल जेठ १७ गते शनिबार, ईश्वी सन् २०२० मे ३० तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । ग्रीष्म ऋतु । श्रीशाके १९४२ । जेष्ठ शुक्लपक्ष । तिथि-अष्टमी।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा अरुभन्दा एक कदम अगी बढि नतिजा आफैतिर ल्याउँन सकिनेछ। भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तीको योग रहेकोछ। सन्तान तथा छोराछोरिको प्रगतीमा मन रमाउँनेछ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कषि तथा पशुपालन व्यावसायमा लागनी बढाई मनग्गे लाभ लिन सकिनेछ । पढाइ लेखाइमा समय दिन नसकिने हुदा अरुभन्दा पछि परिनेछ । सामान्य स्वास्थ्य सम्बन्धी समस्या आउँने तथा कामहरु समयमा सकाउँन मुस्किल पर्नेछ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाइने हुँदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढन पाढनमा मन जाने हुनाले स्कूल तथा कलेजमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । शुभ समाचारले मनमा थप उत्साह जगाउँनेछ भने नयाँ काम थालनी गर्दा भविश्यमा मनग्गे धन लाभ हुनेछ।

सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) अध्ययनमा प्रगती हुनेछ भने अरुलाई पछी पार्दै नतिजा आफैतिर ल्याउँन सकिनेछ । राजनीति गर्नेहरुले राज्यबाट पद पाउने समय रहेकोछ । विलासी वस्तुको प्रयोग मार्फत अरुको मन लोभ्याउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) स्वास्थ्यमा केहि खरावी हुन सक्छ ख्याल गर्नुहोला । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ । तरपनि समय प्रतिकुल रहेकोले सरसफाईमा ध्यान दिनुहोला।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) पैत्रिक धन तथा सम्पतीमा बिवाद आउँने योग रहेकोछ भने दाजुभाईसँग काम गर्दा सामान्य मनमुटाव हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले नतिजा अरुकै पोल्टोमा जानेछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला। काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाइ लेखाइमा अल्छी गर्नाले अरुभन्दा पछि परिनेछ । मायाप्रेममा अविस्वास बढ्नेछ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताव आउँने अधिक सम्भावना रहेकोछ । पढाइ लेखाइमा प्रसस्त समय दिन सकिने हुदा भनेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) श्वासप्रश्वास तथा छाती सम्वन्धी समस्याले सताउँने हुदा काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदी बहिनीसँग मनमुटाव बढ्ने योग रहेकोछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मिठा मिठा कुरा गरि भावना साटासाट गरि समय व्यातित गर्न सक्नेछन् । खोजमुलक क्षेत्रमा समय बित्ने हुँदा मन प्रशन्न रहनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुनाले दैनिक कामगर्न मन जानेछैन ।