बेलबारी घटना : गला रेट्दै गरेको भिडियो खिच्ने र सञ्जालमा पोष्ट गर्नेलाई कारबाही हुने

  • प्रकाशित मिति : २०७७ जेष्ठ १७, शनिबार
  • nepaltale.com

मोरङको बेलबारीमा आमाको हत्यापछि छोराले आत्महत्या गदैं गरेको बीभत्स भिडियो खिच्ने र सामाजिक सञ्जालमा अपलोड गरेर पोष्ट गर्नेलाई कारबाही हुने भएको छ । छोराले आमाको हत्या गरेपछि छोराले धारिलो छुराले आफ्नै गला रेट्दै गरेको भिडियो अहिले युटुव, फेसबुक र टिकटकमा जताततै भेटिन थालेपछि मोरङ प्रहरीले त्यस्ता भिडियो अपलोड गर्नेलाई कारबाही गर्ने भएको हो ।

भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रमुख आइजिपी ठाकुर प्रसाद ज्ञवालीले त्यस्तो भिडियो अपलोड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय मोरङलाई निर्देशन दिइएका हुन् । अहिले मोरङ प्रहरीले उक्त भिडियो खिच्ने र सामाजिक सञ्जालमा पोस्ट गर्ने सबैको विवरण सङ्कलन गर्दैछ । प्रहरीले भिडियो खिच्ने र सामाजिक सञ्जालमा हाल्ने सबैलाई पक्राउ गर्ने जनाएको छ ।

भिडियोमा आत्महत्या गर्ने व्यक्तिले छुराले गला रेट्दै गरेको दृश्य कैद गरिएको छ । जसमा अन्य केही व्यक्तिले पनि सो घटनाको भिडियो बनाएका थिए ।