एमसीसी पास गर्न संसदमा मतदान हुने

  • प्रकाशित मिति : २०७७ जेष्ठ १७, शनिबार
  • nepaltale.com

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा एमसीसीबारे छलफल भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकमा उक्त संसदमा पेश भइसकेको उक्त सम्झौता अनुमोदन गर्ने/नगर्नेबारे संसदले नै निर्णय गर्ने भएको छ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अब संसदमा उक्त सम्झौताको प्रक्रिया अगाडी बढ्ने छ। सांसदहरुले गर्ने भोटका आधारमा उक्त सम्झौता अनुमोदन हुने छ।

एमसीसीबारे नेपाली काँग्रेस र नेकपाभित्र प्रधानमन्त्री केपी शर्मा ओली पक्ष सकरात्मक छ।

सरकारले आगामी आर्थिक वर्षको लागि संसदमा पेश भएको बजेटमा एमसीसी घुसाईएपछि नेकपाभित्र विवाद चर्किएको छ।

कार्यकारी अध्यक्षसहित बरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसी पार्टीभित्र छलफल र सहमति नगरी अघि नबढाउन दबाब दिएका थिए।

आजको सचिवालयको बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा। युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावल पनि सहभागी भएका थिए।