कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ६८ दिन पुगेको छ।
गत चैत ११ गते देखि लागू भएको लकडाउन जेठ २० गते सम्मका लागि तोकिएको छ। लामो समय लकडाउन भएपछि जनजीवन प्रभावित भएको छ। तर, पनि लकडाउनको पालना भएको पाइएको छ।
शनिबार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सवारीसाधन र मानिसहरुको आवागमन न्यून देखिएको छ। उपत्यकाका मूख्य सडकहरुमा अत्यावस्यक सेवा र पासवाहक सवारी साधन मात्रै सञ्चालनमा आएका छन्।
प्रहरीले सवारी साधनको जाँचलाई कडाई गरेको छ । अत्यावस्यक सेवा र पास नलिइ सञ्चालनमा आएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ। त्यस्तै सडकमा मानिसहरुको आवागमन पनि देखिदैन्।
उपत्यकाका भित्रि सडकहरुमा पनि लकडाउनको पालना भएको पाइएको छ। सबै पसलहरु बन्द छन भने मानिसहरुको आवागमन पनि न्यून छन्।
अत्यावस्यक खाद्य सामग्री र तरकारीका पसलहरु बिहान र बेलुका खुल्ने गरेका छन्।
मानिसहरु सामाजिक दुरीलाई कायम गर्दै आफ्नो घर नजिकको पसल सम्म पुगेर किनमेल गर्ने गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिउसो गरेको नियमित प्रेस ब्रिफिङ अनुसार नेपालमा कुल १ हजार २ सय १२ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ।
जसमध्ये २ सय ६ जना निको भएका छन भने ६ जनाको मृत्यु भएको छ। यस्तै शुक्रबार सम्म कुल ६४ हजार १ सय ५४ जनाको पीसीआर परिक्षण भएको छ कुल ९९ हजार ३ सय ३६ जना क्वारेन्टाइनमा रहेका छन भने १ हजार जना आइसोलेसनमा रहेका छन्।