कर्णालीमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। धेरै समयसम्म सून्य संक्रमण रहेको कर्णालीमा अब संक्रमितको संख्या १०५ पुगिसकेको छ।
कर्णाली प्रदेशको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलद्वारा शनिबार राति ९ः४५ बजे जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको हो।
पछिल्लो समय देशभर संक्रमितको संख्या बढिरहेका बेला कर्णालीमा पनि संक्रमण बढिरहेको छ।