हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव, साथै नेपालको पुर्वी भूभाग नजिकै निम्न चापीय रेखा स्थानीय वायुको पनि प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशभरी नै सामान्य बदली भइरहेको र केही स्थानमा हल्का वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो देशका धेरै स्थानहरुमा सामान्य बदली हुने र देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै आज राति पूर्वी, मध्य र पश्चिमी पहाडी भूभागमा सामान्य बदलीको सम्भावना रहेको छ भने अन्य क्षेत्रहरुमा आंशिक बदली हुने सम्भावना रहेको छ ।