भारतीय सीमाबाट नेपालीको उद्धार गरी फर्किदै गरेको गाडी दुर्घटना, ११ जनाको मृत्यु

  • प्रकाशित मिति : २०७७ जेष्ठ १९, सोमबार
  • nepaltale.com

दाङ । भारतबाट फर्किएका नेपाली मजदूरको उद्धार गरेर नेपालगञ्जबाट दाङ आउँदै गरेको हाइस पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँके सडक खण्डमा दुर्घटना हुँदा ११ जनाको मृत्युु भएको छ।

राप्तीसोनारी–२ स्थित ठुरिया जंगलमा हाइस (फोर्सगाडी) दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन्।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना ५ ख ५९९५ नम्बरको हाइस गाडी रोकिराखेको बा ४ ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा ११ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले पुष्टि गरेको छ। दुर्घटना आइतबार राति सवा १२ बजे भएको हो।

दुर्घटनामा घाइतेहरुको भेरी र नेपालगञ्जमा उपचार भइरहेको छ। मृतक ११ जनाको शव भेरी अस्पतालको शव गृहमा ल्याइएको प्रहरीले जनाएको छ। मृतकको नाम ठेगाना अझै खुलेको छैन ।