‘रुकुमको नरसंहारले सबैको अनुहारमा कालो पोत्यो’

  • प्रकाशित मिति : २०७७ जेष्ठ १९, सोमबार
  • nepaltale.com

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले रुकुम पश्चिमको नरसंहारले सबैको अनुहारमा कालो पोतेको बताउनुभएकाे छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले यस्तो अमानविय र क्रुर घटनालाई भवितव्य हो भनेर देखाउन घटनालाई ढाकछोप गर्ने काम भएको भन्दै आपत्ति समेत जनाउनुभयाे ।

‘घटनाको जरामा रहेको उच्च जातिय अहंकारको ढाकछोप गर्न संगठित प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्न पनि लाज पनि हामीसँग लजाउँछ’, उनले भने, ‘सभामुख महोदय अनुहारको दाग ऐना पुछेर जाँदैन । त्यसैले रुकुम नरसंहार लगायत यो जातिय कारणले लकडाउनमा मात्र ३२ जना दलितको हत्या आत्महत्या, बलात्कारको घटनाको छानबिन गर्न अविलम्ब सर्वदलिय संसदीय छानबिन समिति बनाउन जोडदार माग गर्दछु । सदनले यो नबनाएसम्म हामी बोलिरहने छौं । न्यायको पक्षमा लडिरहने छौं ।