काठमाडौँ । एक बालिकालाई बलात्कार गरेको आरोपमा लिखु गाउँपालिका–४ चौघडाका ६० वर्षीय कृष्ण पण्डितलाई प्रहरीले पक्राउ गरेको छ।
शिवपुरी गापा घर भई हाल लिखु गापास्थित मामाघरमा आएकी बालिकालाई यही वैशाख ५ गते विभिन्न प्रलोभन देखाई बलात्कार गरेको आरोपको उजूरी जिल्ला प्रहरी कार्यालयमा आइतबार दर्ता भएपछि प्रहरीले पण्डितलाई पक्राउ गरेको प्रहरी निरीक्षक विष्णु फुयाँलले जानकारी दिनुभयो।
अभियुक्तलाई आइतबार नै अदालतबाट १५ दिनको अनुसन्धानका लागि म्याद लिएर हिरासतमा राखिएको प्रहरीले जनाएको छ।