प्रदेश २ मा थप १८५ जनामा कोरोना संक्रमण पुष्टि

  • प्रकाशित मिति : २०७७ असार २, मंगलवार
  • nepaltale.com

पछिल्लो २४ घण्टामा प्रदेश २ मा १८५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक विकास मन्त्रालायका सचिव डा रामप्रसाद घिमिरले मंगलबार अयाोजित नियमित मिडिया ब्रिफिङमा १७८ पुरुष र ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

घिमिरेका अनुसार सप्तरीमा ३, सिरहामा २ जना, धनुषामा २१ जना, महोत्तरीमा ८९ जना, सर्लाहीमा १६ जना, रौतहटमा ५२ जना र पर्सामा २ जनामा कोरोना पुष्टि भएको हाे ।

याेसमेत प्रदेश २ मा हालसम्म संक्रमितकाे संख्या २३६७ पुगेकाे छ । त्यसैगरी प्रदेशभरि ९३९ जना आइसोलेसनमा रहेकाे घिमिरेले जानकारी दिए । त्यसैगरी मंगलबार २८ जना निको भएर डिस्चार्ज भएको घिमिरेले बताए ।