बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा फिल्म निमार्तादेखि विभिन्न अभिनेतासम्मको नाम मुछिएको छ।
सबैभन्दा बढी निशानामा परेका छन्, फिल्म निर्माता करण जोहर । सुसान्तका फ्यानले परिवार र नातावादको विषयमा सबैभन्दा धेरै रिस बलिउड निर्माता जोहरमाथि पोखेका छन्। ट्वीटरमा ‘अनफलो करण जोहर’ ट्रेन्ड चलिरहेका बेला करण जोहरले पनि आक्रोशनमा अनौँठो कदम उठाएका छन्।
सामाजिक सञ्जालमा करणमाथि आक्रोश पोखिनथालपछि उनले माइक्रोब्लगिङ साइटमा थुप्रै अकाउन्ट अनफलो गरिदिएका छन्। कुनै बेला थुप्रैलाई फलो गरेका करण जोहरले अब ८ वटा अकाउन्टलाई मात्रै फलो गरेका छन्। उनले फलो गरेकामध्ये चार सेलिब्रिटी छन्।
यदीसम्मकी उनले छोरी भन्ने गरेकी आलिया भट्टलाई पनि अनफलो गरेका छन्। साथै उनले वरुण धवन र सिद्धार्थ मल्होत्रालाई पनि अनफलो गरेका छन्। यसका साथै करणले आफ्नो निकै मिल्ने साथी काजोल र अन्य थुप्रै सेलिब्रिटीलाई पनि अनफलो गरेका छन् ।
करण जोहरले सुशान्त सिंह राजपूतको आत्महत्यापछि सामाजिक सञ्जालमा मानिसहरुको अत्यधिक रिसको सामना गरिरहेका थिए। यतिमात्रै होइन, उनीविरुद्ध बिहारको एक अदालतमा मुद्दासमेत दर्ता गरिएको छ।