जयपुर । कोरोनाको औषधी कोरोनिल बनाएको दाबी गर्ने बाबा रामदेव विरुद्ध भारतको राजस्थान सरकारले मुद्दा हाल्ने भएको छ।
बिना अनुमति औषधीको ट्रायल गरेको भन्दै राजस्थान सरकारले रामदेव विरुद्ध अदालतमा मुद्धा दायर गर्न लागेको हो।
राजस्थान सरकारले भनेको छ यो धोखाधडी हो, औषधीको परीक्षण होइन।
कोरोनिल बनाने का दावा करने वाले योगगुरू बाबा रामदेव पर राजस्थान सरकार दर्ज कराएगी केस
(@sharatjpr)https://t.co/xWo4mmPcVn— AajTak (@aajtak) June 24, 2020
परीक्षणका क्रममा जुन मानिसमा ट्रायल गरिएको थियो उनीहरु कोरोनाका बिरामी नभई अन्य रोगकै रहेको र त्यसैले औषधी सेवनपछि उनीहरुको नकारात्मक आएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
पतञ्जली योगपीठले तयार गरेको कोरोनिलमा गिलोय, तुलसी र अश्वगन्धा छ जसले शरीरको प्रतिरोध क्षमता बढाउँने र ७ दिनमा कोरोना निको पार्ने दाबी गरिएको छ।
उक्त औषधीले अन्य गम्भीर बिरामीबाट बचाउने दाबी गर्दै मंगलबार सार्वजनिक गरिएको थियो।
तर, भारत सरकारले उक्त ओषधीको प्रचार प्रसारमा रोक लगाएको छ।