काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको आजको स्थायी समिति बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएका छन्।

बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ। बैठकमा अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भने सहभागी छन।

यसअघि बुधबार सुरू भएको बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना धारणा राखेका थिए।

आफूले पार्टीभित्र, बाहिर र अन्तर्राष्ट्रिय रूपमा समेत प्रतिपक्षीहरू झेल्नु परेको उनको गुनासो थियो। अर्का अध्यक्ष दाहालले भने सरकारको आलोचना गरेका थिए।

आजको बैठकमा अरू स्थायी समिति सदस्यले समसामयिक विषयमा आफ्नो धारणा राख्दैछन्।

तपाईको प्रतिक्रिया

RELATED POSTS

error: नेपाल टेलमा प्रकाशित समाचार अनुमतिबिना कहिँ कतै सम्प्रेषण गर्न मनाही छ !