३ पटक पत्र पठाउँदा पनि भारतले वार्ताका लागि चासो देखाएन : परराष्ट्रमन्त्री

  • प्रकाशित मिति : २०७७ असार १२, शुक्रबार
  • nepaltale.com

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भारतले ३ पटक पत्र पठाउँदा पनि वार्ताका लागि कुनै जवाफ नपठाएको जनाएका छन।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार बसेको स्थायी कमिटी बैठकमा मन्त्री ज्ञवालीले गत नोभेम्बरमा भारतले नयाँ नक्सा जारी गरेपछि उत्पन्न समस्या समाधानका लागि सरकारले गरेको प्रयासबारे जानकारी गराएका हुन्।

भारतले नयाँ नक्सा प्रकाशित गरेलगत्तै कूटनीतिक नोट पठाएर विरोध जनाएको मन्त्री ज्ञवालीले बताए।

नोभेम्बर, डिसेम्बर र जनवरी तीन पटक पत्र पठाउँदा पनि भारतले चासो नदिएको रअहिले पनि वार्ताका लागि पहल गरिरहेको परराष्ट्रमन्त्रीले बताएका छन्।

शुक्रवारको बैठकमा बोल्ने लीलामणि पोखरेल, बेदुराम भुसाल, मातृका यादव र पम्फा भुसाललगायत सदस्यहरूले नयाँ नक्सामा समेटिएको नेपाली भूमिमा भोगचलन गर्नका लागि सरकारले कूटनीतिक पहललाई तीब्र बनाउनु पर्ने बताएका थिए।