कांग्रेस पदाधिकारी बैठक बस्दै, १४औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुने

  • प्रकाशित मिति : २०७७ असार १४, आईतवार
  • nepaltale.com

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिकाबारे छलफल हुनेछ ।

कोभिड–१९ संक्रमणका लागि पार्टीको महाधिवेशन कार्यतालिका रोकिएपछि कांग्रेसले उक्त विषयमा छलफल गर्न पदाधिकारी बैठक आह्वान गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

यसअघि ७७ फागूनमा महाधिवेशन गर्ने गरि तय भएको कार्यतालिका परिवर्तन नगर्ने र अन्य कामलाई कसरी तीव्र बनाउन सकिएला भनेर विकल्पहरूबारे छलफल हुने पौडेलले जानकारी दिए ।

यस्तै बैठकमा वर्तमान सरकारले ल्याएका विधेयकहरूका विषयमा पनि साझा धारणा तय गरेर अघि बढ्नेबारे पनि छलफल उनले जानकारी दिए ।

‘बर्तमान सरकारले श्रृंखलावद्धरूपमा ल्याएका संविधानविरोधी विधेयकले कांग्रेसलाई सडक आन्दोलनमा धकेल्न खोजेको देखियो, यसबारे पनि पदाधिकारी बैठकमा छलफल हुनेछ,’ पौडेलले भने ।