चीनमा अझै भेटिदैछन् कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ बैशाख ९, मंगलवार
  • nepaltale.com

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१० देशमा फैलिएको छ। कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ३६६ जनाको मृत्यु भएको छ भने ७३ हजार ९२८ जना नयाँ संक्रमित फेला परेका छन्।

यो सँगै विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७० हजार ४३६ पुगेको छ भने २४ लाख ८१ हजार २८७ जना संक्रमित भएका छन्। कोरोना भाइरसको उद्गमस्थिल मानिने चीनमा कोरोना संक्रमित अझै भेटिरहेका छन्।

कोरोना भाइरसविरुद्धको युद्ध जितेको चीनमा ७४ दिने लकडाउन खुलेपछि जनजीवन सामान्य बन्दै गएको छ। जनजीवन सामान्य बन्दै गएपछि यहाँ अझै संक्रमित भने भेटिइरहेका छन्,

पछिल्लो २४ घण्टामा चीनमा ११ जना नयाँ संक्रमित फेला परेका छन् । तर २४ घण्टामा मृत्युदर भने शून्य रहेको छ। यो सँगै चीनमा कोरोना संक्रमितको संख्या ८२ हजार ८५८ पुगेको छ। जसमध्ये ७७ हजार १२३ जना उपचारपछि निको भएका छन् भने १ हजार ३ जना कोरोनाका एक्टिभ बिरामीको उपचार भइरहेको छ।