अमिताभसँगै छोरा अभिषेक बच्चन पनि कोरोना संक्रमित

  • प्रकाशित मिति : २०७७ असार २८, आईतवार
  • nepaltale.com

काठमाडौँ । बलिउड सुपरस्टार अमिताभ बच्चनका छोरा तथा अभिनेता अभिषेक बच्चन पनि कोरोना संक्रमित भएका छन्।

शनिबार बेलुकी सुपरस्टार अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। अमिताभलाई कोरोना पुष्टि भएपछि उनको परिवारमा पनि कोरोना संक्रमण फैलिएको आशंकामा छोरा अभिषेकको स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो। जहाँ अभिषेकको कोरोना परीक्षण रिर्पोट पोजेटिभ देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अभिनेता अभिषेकले ट्वीट मार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएको जानकारी दिएका छन्।

शनिबार अभिषेकले आफूहरुमा कोरोना पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै मुम्बईको ननावती अस्पतालमा भर्ना भएको बताएका हुन्।

बलिउड महानायक अमिताभले पनि ट्विटर मार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका थिए। उनी पनि मुम्बईको ननावती अस्पतालमा भर्ना भएका छन्।