बिहारमा सुशान्तको नामबाट सडकको नामकरण

  • प्रकाशित मिति : २०७७ असार २८, आईतवार
  • nepaltale.com

काठमाडौं। भारतीय अभिनेता सुशान्त सिंह राजपूतको नामबाट  सडककाे नाम राखिएकाे छ । उनकाे निधनपछि  गृहनगर पूर्णियामा  उनकै नामबाट सडकको नामकरण गरिएको हाे । अहिले भारतका अभिनेता, अभिनेत्री तथा प्रशंसकले उनलाई संमरण गर्दै विभिन्न ठाउँठाउँमा श्रद्धांजली सभा र ट्रिबुट गरिरहेका छन् ।

सुशान्तको गृहनगर पूर्णियाकी मेयर सविता देवीका अनुसार सुशान्त बिहारको एक महान कलाकार भएकाले   सम्मानको खातिर उनकै नामबाट सडकको नामकरण गर्दै श्रद्धांजली दिइएको हो । उनका अनुसार मधुबनीबाट माता चोक जाने सडकलाई अबदेखि सुशांत सिंह राजपूत भनिनेछ । त्यस्तै भारतको लोकप्रिय कार कम्पनी राउन्डअबाउट पनि सुशांत सिंह राजपूत चोकसम्म पुनः निर्माण गरिएको छ ।

यसैगरी उनले सुशांत सिंह राजपूतको विषयमा सीबीआईलाई पनि अनुसन्धानको लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेखेको कुरा भारतिय सञ्चार माध्यमलाई बताएकी छिन् । उनी बाहेक शेखर सुमनले गत महिना बिहारका सीएमसँग भेट गरेर सरकार र उच्च पदस्थ अधिकारीहरुलाई उनको आत्महत्याका विषयमा एक उच्च किसिमको छानबिनको आग्रह गरेका थिए ।

सुशान्तको मृत्युपछि उनको परिवारले पनि उनको बाल्यावस्थाको घरलाई स्मारकको रुपमा परिणत गर्ने बताएका थिए ।