नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकतापछि देशी विदेशी प्रतिक्रियावादी शक्तिहरु नेकपालाई कमजोर पार्ने प्रयत्नमा निरन्तर लागिरहेको बताउनुभएको छ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औँ स्थापना दिवसको अवसरमा प्रेस वक्तव्य जारी गर्दै प्रचण्डले प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्दै जनमत र जनभावनाको सम्मान गरेर समाजवादका आधार तयार गर्नु नेकपाको ऐतिहासिक कार्यभार रहेको बताउनुभएको छ।
उहाँले पार्टीलाई अझ सुदृढ गर्न आ–आफ्नो ठाउँमा सकारात्मक पहल गर्न नेकपाका सम्पूर्ण नेता–कार्यकर्तालाई अपील समेत गर्नुभएको छ।