किन हनुमान बनेका थिए भगवान् शिव ?

  • प्रकाशित मिति : २०७७ श्रावण ७, बुधबार
  • nepaltale.com

भगवान शिव भक्तको पूजाबाट छिट्टै प्रसन्न हुने देव मानिन्छन् । भगवान शिव हरेक युगमा आफ्ना भक्तको रक्षाका लागि प्रकट हुने विश्वास पनि गरिन्छ । भगवान शिवले १२ रूद्र अवतार लिएका छन् ।

शिव महापुराणमा भगवान शिवका अनेक अवतारबारे वर्णन गरिएको पाइन्छ । तर पनि धेरै कम मानिसमात्रै भगवान शिवका यी अवतारबारे जानकार छन् ।

शास्त्रमा रामभक्त हनुमानको जन्म दुई तिथिमा भएको भनेर उल्लेख गरेको पाइन्छ । जसमा उनको पहिलो जन्मलाई भगवान शिवको अवतार मानिएको छ । किनकि हनुमानकी आमा अन्जनीले भगवान शिवको घोर तपस्या गरेर शिवलाई पुत्रको रूपमा प्राप्त गर्ने वर मागेकी थिइन् ।

त्यसपछि भगवान शिवले पवन देवको रूपमा आफ्नो रौद्र शक्तिको अंश यज्ञ कुण्डमा अर्पित गरेका थिए र त्यतिबेलै उक्त शक्ति अन्जनीको गर्भमा प्रविष्ट भएको थियो । त्यसपछि चैत्र शुक्ल पक्ष पूर्णिमाको दिन हनुमानको जन्म भएको थियो ।

पौराणिक कथाका अनुसार रावणको अन्त्यका लागि भगवान विष्णुले राम अवतार लिएका थिए । उक्त समय सबै देवताले भगवान रामलाई सहयोग गर्न अलग–अलग रूपमा अवतार लिएका थिए ।

सोही समयमा भगवान शंकर ९शिव०ले पनि आफ्नो रूद्र अवतार लिएका थिए । यसको पछाडि एउटा कारण छ कि उनलाई विष्णुबाट दास्यको वरदान प्राप्त भएको थियो । हनुमान शिवका ११ औं रूद्र अवतार हुन् । यस रूपमा भगवान शिवले रामको सेवा पनि गरे भने रावणको वधमा उनको मद्दत पनि गरे ।