भदौ १५ बाट विद्यालय सञ्चालनको तयारी

  • प्रकाशित मिति : २०७७ श्रावण १२, सोमबार
  • nepaltale.com

काठमाडौँ। कोरोना भाइरसको महामारीले बन्द रहेका विद्यालय ५ महिनापछि भदौ १५ गतेबाट सञ्चालनको तयारी भएको छ ।

जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना खुलिसक्ने र त्यसको १५ दिनको अवस्था विश्लेषण गरेर नियमित पठनपाठनको तयारी सुरू गराउने विषयमा सरकारी अधिकारीहरूबीच छलफल भइरहेको बताइएको छ ।

सरकारले यसअघि भदौ १ गतेबाट विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि खुला गर्ने निर्णय गरिसकेको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रकाअनुसार सरकारले विद्यार्थी भर्नाको तयारीका लागि १५ दिन समय दिने र त्यसपछि नियमित पठनपाठन सुरु गर्ने गरेकाले यसपटक पनि त्यो सम्भावना रहेको जनाएको छ ।