बज्यो पिरतीको घण्टी (भिडियो हेर्नुस्)

  • प्रकाशित मिति : २०७७ श्रावण १४, बुधबार
  • nepaltale.com

काठमाडौं। विश्व कीर्तिमानी गीतकारर डा. डीआर उपाध्याय नयाँ गीत सहित स्रोता दर्शक माझ आएका छन् । ‘छक्कै परे’बोलको सार्वजनिक गीत गायिका बिना भट्टराई र गायक विष्णु भट्टले गाएका छन् । गीतमा संगीत गायक भट्टलेनै गरेका हुन् । संगीत संयोजन मोपहत मुनालले गरेका छन् ।

रोमान्टिक गीतको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । माइकल चन्दले निर्देशन गरेको म्यूजिक भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आस्मा बिश्वकर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियोमा उत्सव दहालको छायाँकन तथा शिलन लम्सालको सम्पादन रहेको छ ।

गीतकार उपाध्यायले आफूले गीत लेखनदेखि म्यूजिक भिडियो निर्माणसम्म निक्कै मेहनत गरेको बताउँदै गीतले स्रोता दर्शकको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।