काठमाडौं । नेपालमा थप २ सय ७४ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ७४ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर गरी ६ हजार ३ सय ४ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
थप २ सय ७४ जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । कोरोनाका कारण हालसम्म देशभर गरी ५२ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर गरी २ सय २७ जना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ ।
हाल देशभर गरी ५ हजार २ सय २७ जना संक्रिय संक्रमित रहेका प्रवक्ता गौतमले जानकारी दिए । यस्तै, देशभरका विभिन्न ठाउँमा गरी १३ हजार २ सय १ जना क्वारेन्टाइनमा रहेका छन् ।
सरकारले हालसम्म ३ लाख ६४ हजार ६ सय ४८ जनाको आरटी पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड १९)को परीक्षण गरिएको जनाएको छ ।