उप-सचिव प्रेमप्रसाद सञ्जेलमाथि विराटनगरमा कुटपिट

  • प्रकाशित मिति : २०७७ श्रावण १७, शनिबार
  • nepaltale.com

विराटनगर । उप-सचिव प्रेमप्रसाद सञ्जेलमाथि विराटनगरमा कुटपिट भएको छ।

भ्रष्टाचार विरोधी सरकारी कर्मचारीको छवि बनाएका श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेलमाथि शनिबार कुटपिट भएको हो ।

उनको आफ्नै कार्यकक्षमा ११ बजेतिर महिला कर्मचारीले कुटपिट गरेका हुन्। उनलाई कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटाले कुटपिट गरेको प्रहरीले जनाएको छ।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले कार्यालयकै कामको विषयलाई लिएर विवाद उत्पन्न भएपछि श्रम कार्यालयका प्रमुखमाथि आक्रमण भएको बताए।