लकडाउनको रिर्पोटिङ सकेर घर फर्किदै गरेका पत्रकार जिपि पौडेलमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । आज (बुधबार) बेलुका ७.३० बजे बनस्थली खरिबोटस्थित एक चिया पसलमा भित्र बसिरहेको बेला पसल बाहिर बोलाई बालाजु बृतका इन्सपेक्टर अनन्त कार्की र अर्का एक जवानले उनिमाथि दुर्व्यवहार गरेका हुन् ।
‘मलाई बाहिर बोलाएर पत्रकारको कार्ड मागियो, घाँटीमै भिरेको साझाडबलीको कार्ड देखाँए, प्रेस ज्याकेट पनि लगाएको थिए’ पत्रकार पौडेलले भने ।
चिया खाएर बस्दा पनि किन ज्याकेट लगाएको ‘खोलेर बस’ भन्दै प्रहरी जवानले ज्याकेट जर्वजस्ती तानेर खोलिदिए, त्यसैक्रममा इन्सपेक्टर कार्कीले ‘म बर्दिमा छु, धेरै नबोल फेरि गाडीमा जाक्दिन्छु’ भन्दै अभद्र र असभ्य भाषा प्रयोग गरेको पीडित पत्रकार पौडेलले नेपाल टेेेललाई जानकारी दिए ।
आफू एक्लै भएर केही बोल्न नपाउँदै पसलका अन्य सदस्यहरु बाहिर निस्केको र अन्य स्थानीय घटनास्थलमा जम्मा भएपछि मलाई केहि नबोल्नु भन्दै आफूलाई भित्र लगेकोले अरु थप घटना हुन नपाएको पत्रकार पौडेलले बताए । पत्रकार पौडेलले भने ‘आफू र पत्रकारिता जगतमाथि नियोजित रुपमा प्रहरी प्रशासन जाइलाग्यो ।’
उक्त खाजा पसलभन्दा करिव ४० मिटर पर २०० जनाभन्दा बढीकाे जमघट र भीडभाड गराएर लकडाउनविपरित खाना खुवाइएको थियो ।
पत्रकार पौडेलमाथिको दुर्व्यवहारमाथिको बिषयमा बालाजु बृतका प्रमुख रंजितसिंह राठौरसँग कुराकानी गर्दा घटनाको बारेमा आफूलाई जानकारी भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
देशको संक्रमणकालिन विषम परिस्थितीमा रिर्पोटिङमा खटिएर घर फर्किरहेका पत्रकारमाथि प्रहरीले सहयोग गर्नुको सट्टा उल्टो दुर्व्यवहारको घटनाप्रति साझाडबली डटकमले घोर भर्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको छ । साथै यस्ता किसिमका घटना पटक पटक बढिरहेकोले समाजमा प्रहरी प्रतिको विश्वास र काम कारबाहीमाथि समेत प्रश्न उठ्न थालेको छ ।
पत्रकार पौडेल साझाडबली डटकमका प्रधान सम्पादक तथा प्रकाशक हुन् ।