थप दुई जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४७ पुग्यो

  • प्रकाशित मिति : २०७७ बैशाख ११, बिहीबार
  • nepaltale.com

काठमाडौं, बैशाख ११। बिहीबार फेरि कोरोनाभाइरसको थप दुई जना संक्रमित थपिएका छन् । उदयपुरकी ५५ वर्षीया महिला र जनकपुरका १४ वर्षीय किशोरमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै संक्रमितको संख्या ४७ पुगेको छ।