नेबि संघले गर्‍यो आर आर क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी

  • प्रकाशित मिति : २०७७ श्रावण ३०, शुक्रबार
  • nepaltale.com

काठमाडौं। नेपाल विद्यार्थी संघ आर आर क्याम्पस इकाईले आज आर आर क्याम्पसका क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको छ। इकाईका अध्यक्ष पुष्कर बास्तोला र इकाई सचीव अनुराग शाहले हस्ताक्षर गरेर जारी गरेको बिज्ञप्तिमा त्रिभुवन बिश्व विद्यालयले लिन बाकी परिक्षाको विकल्प खोज्दै उपकुलपतिको कार्यलयमा प्रर्दशनमा उत्रिएका नेपाल विद्यार्थी संघका नेता कार्यकर्ताहरुलाई बिना सर्त रिहाइको लागि दबाब दिन आफुहरुले क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी गरेको उल्लेख गरिएको छ।

संघका अध्यक्ष पुष्कर बास्तोला सचीव अनुराग शाह उपाध्यक्ष सफल न्यौपाने र नेबि संघ आर आरका नेता धर्मेन्द्र शाहि क्याम्पस प्रमुख कार्यकक्षमा पुगेर तालाबन्दी गरेका थिए। उपकुलपति र प्रहरीका केही अधिकारीहरुको मिलेमतोमा गिरफ्तार गरेका साथिहरुलाई झुठो मुद्दा लगाउन खोजिएको भन्दै यदि त्यस्तो गरे नेपाल विद्यार्थी संघले देशभरबाट आन्दोलनको आधिभेरी सिर्जना गरे पनि जनाएको छ।