काठमाडौं । आज दिनभर उपत्यकाको ट्राफिक अस्तव्यस्त हुने भएको छ ।
उपत्यकाको भृकुटीमण्डमा आयोजना गरिने आमसभा र त्यहअघि निकालिजे जुलुसका कारण ट्राफिक व्यवसथापन अस्तव्यस्त बन्दै जाम हुने भएको हो ।
ट्राफिक प्रहरीले जुलुस हुने स्थानको बैकल्पिक रुटको प्रयोग गर्न अनुरोध गरेको छ ।
प्रतिनिधिसभा विघटनविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आज मंगलबार काठमाडौं उपत्यकामा शक्तिप्रदर्शन सहित आमसभा गर्दैछ । जसमा ५० हजार नेता कार्यकर्ता उतार्ने दावी नेकपाको छ ।
उपत्यका विभिन्न स्थानबाट निकालिएको जुलुस दिउँसो १२ बजे भृकुटीमण्डपमा पुगी आमसभामा परिणत हुने जनाइएको छ ।
टेकु र कीर्तिपुरबाट निस्कने जुलुसमा सीतापाइला, थानकोट, धादिङ र मकवानपुरबाट आउनेहरु सहभागी हुने छन्।
यस्तै नयाँ बानेश्वरबाट आउने जुलुसमा भक्तपुर, काभ्रे, रामेछाप र दोलखाबाट आउने सहभागी हुने छन् ।
मैतिदेवीबाट निस्कने जुलुसमा साँखुबाट आउने सहभागी हुने छन् ।
लैनचौर, बालाजुबाट निस्कने अर्को जुलुसमा बुढानीलकण्ठ, नुवाकोट, रसुवा, टोखा र नगरकोटलगायत क्षेत्रबाट आउनेहरु सहभागी हुने छन् ।
यस्तै विद्यार्थी र युवा बागबजार, त्रिचन्द्र कलेजबाट जुलुस निकाल्ने छन् ।
यी सबै जुलुल नारा लगाउदै भृकुटीमण्डप पुग्ने भएका कारण मध्यान्ह काठमाडौमा जताततै जाम हुने सम्भावना छ ।