काँकडभिट्टा र भद्रपुर नाका सिल

  • प्रकाशित मिति : २०७८ बैशाख २, बिहीबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । भारतको पश्चिम बंगालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि बन्द गरिएको छ । विहीबार विहानदेखि ४ गते बेलुका ६ बजेसम्मका लागि नाका बन्द गरिएको हो ।

पश्चिम बंगालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।



तिम्सिनाले यातायातका साधन तथा मानिसहरुलाई आवतजावत गर्न पूर्णरुपमा रोक लगाइएको बताए ।