बूढानीलकण्ठमा ओली र देउवा बिच छलफल जारी

  • प्रकाशित मिति : २०७८ बैशाख २२, बुधबार
  • नेपाल टेल संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् । राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका हुन् । देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरे ।

ओली र देउवाबीचको छलफलमा एमालेका तर्फबाट एमाले महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ अर्थमन्त्री विष्णु पौडेल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल सहभागी छन् ।



काँग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत नेता कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य रमेश लेखक लगायत सहभागी छन् ।