पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन

  • प्रकाशित मिति : २०७९ जेष्ठ १५, आईतवार
  • नेपाल टेल संवाददाता

काठमाडौं । पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी टि्वनअटर विमान सम्पर्कविहीन भएको छ ।

बिहान करिब ९ बजेर ५५ मिनेटमा उडेको विमान १०: १५ बाट सम्पर्कविहीन भएको नागरिक उड्ड्यन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार विमानमा १९ यात्रु सवार थिए। यसबारे थप विवरण आउन बाँकी छ।